जनस्वास्थ्य सरोकार, बागलुङ । कोरोना संक्रमित बागलुङकी ६५ बर्षीया महिला कोरोना भाइरस (कोभिड १९) निको भएर ३ हप्ता लामो बसाइपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । तर उहाँले दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्नुपर्ने छ ।
२४ घण्टाभित्र गरिएको दोस्रो स्वाव परीक्षणमा कोभिड १९ को नतिजा नेगेटिभ आएपछि उहाँलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको हो ।शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि ३ गते गरिएको स्वाव परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । कोरोना जितेर घर फर्केकी महिलामा दम र उच्च रक्तचापको समस्या थियो । उहाँले अस्पतालमा दम र उच्च रक्तचापको नियमित औषधि सेवन गर्नुभएको थियो । घर फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उहाँले अस्पतालका चिकित्सक, नर्सलगायतका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको माया र आफ्नो आत्मविश्वासले रोगलाई जितेर घर फर्किन सफल भएको बताउनुभयो । गत चैत ४ गते कतार एयरवेजको फ्लाइटमा काठमाडौ उत्रिएर बाग्लुङ आइपुगेकी उहाँमा कोरोना संक्रमण देखिएको थियो । उहाँ बेल्जियमबाट कतार हुँदै नेपाल आएकी आउनुभएको थियो । कतारदेखि काठमाडौं र काठमाडौंदेखि पोखरा हुँदै बागलुङस्थित घर आउने बेलासम्म नेपालकै पाँचौ संक्रमित १९ बर्षकी युवती र उहाँ सँगै हुनुहुन्थ्यो । ती युवती भने धौलागिरी अञ्चल अस्पतालमा उपचार गराइरहनुभएको छ । उनको चौथो पटक सम्मको स्वाब परीक्षण पोजेटिभ आएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
