जनस्वास्थ्य सरोकार । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट २३ लाख ३१ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६० हजार ७ सय ६३ ले ज्यान गुमाइसकेका छन् भने ५ लाख ९७ हजार १ सय ९४ जना निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा कोरानो संक्रमितको संख्या ७ लाख ३८ हजार ९ सय १३ पुगेको छ भने ३९ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।यसैगरी स्पेनमा १ लाख ९४ हजार ४ सय १४ संक्रमितमध्ये २० हजार ६३९ जनाको ज्यान गएको छ । तर कोरोनाबाट मृत्यु हुने स्पेनको तुलनामा इटली अग्रस्थानमा छ । इटलीमा १ लाख ७५ हजार ९ सय २५ जना संक्रमितमध्ये २३ हजार २ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ लाख ५१ हजार ७ सय ९३ जना संक्रमितमध्ये १९,३२३, जर्मनीमा १ लाख ४३ हजार ७२४ जना संक्रमितमध्ये ४ हजार ५ सय ३८ ले मात्र ज्यान गुमाएका छन् । तर बेलायतमा १ लाख १४ हजार २१७ जनामध्ये १५ हजार ४ सय ६४ को कारोनाबाट ज्यान गएको छ ।चाइनामा ८२ हजार ७३५ संक्रमितमध्ये ४ हजार ६ सय ३२ को ज्यान गएको छ । टर्किमा ८२ हजार ३२९ संक्रमितमा १ हजार ८ सय ९० ले मात्र ज्यान गुमाएका छन् । तर इरानमा भने ८० हजार ८६८ संक्रमितमध्ये ५ हजार ३१ जनाले मात्र ज्यान गुमाएका छन् । (श्रोतः वल्र्डवमिटर्स डट इन्फो)
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
