जनस्वास्थ्य सरोकार, धनगढी —कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित २१ वर्षीय युवककोे पहिलो र दोस्रो प्रयोगशाला रिपोर्ट निगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । ।
दोस्रो र तेस्रो रिपोर्ट निगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालबाट प्रवक्ता डा.जगदीश जोशीले जानकारी दिनुभएको छ । ती युवक भारतको मुम्बइबाट आएका थिए । गत चैत २२ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।हाल सो अस्पतालमा अन्य ४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अन्य संक्रमितहरुमा भने कोरोना रिपोर्ट लगातार पोजेटिभ आइरहेको छ । यो सँगै कोरोना निको हुने व्यक्तिहरुको संख्या ४ पुगेको छ । नेपालमा दोस्रो कोरोना भाइरस (कोभिड १९) संक्रमित १९ वर्षीया युवती र बागलुङकी ६५ बर्षिया महिला कोरोना निको भएर वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । उनीहरु क्रमश शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बागलुङको धौलागिरी अस्पतालमा उपचाररत थिए । यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकलाई निको भएर डिस्चार्ज गरिएको थियो । अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये ४ जना निको भएका छन् । अन्य २७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
