नेभिगेशन

विश्वमा कोरोना संक्रमितको संख्या २५ लाखको हाराहारी, ६ लाख ५१ हजार बढी निको भए

जनस्वास्थ्य सरोकार । विश्वका २१० देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड १९) बाट १ लाख ७० हजार ४५५ जनाको ज्यान गइसकेको छ । कोरोना संक्रमित भएका २४ लाख ८१ हजार ८६६मध्ये ६ लाख ५१ हजार ५४२ जना निको भएका छन् ।
यो समाचार तयार पार्दासम्म वल्र्डवमिटर डट इन्फोमा अपडेट भएको तथ्यांक अनुसार, अमेरिकामा कोरोना संक्रमितहरुको संख्या ७ लाख ९२ हजार ९१३ पुगेको छ । ४० लाख २७ हजार ३६७ टेष्टमध्ये उक्त कोरोना संक्रमितहरुको संख्या भेटिएको हो । अमेरिकामा कोरोना संक्रमितमध्ये ४२ हजार ५१७ जनाको ज्यान गइसकेको छ भने ७२ हजार ३८९ निको भएका छन् । यसैगरी स्पेनमा ९ लाख ३० हजार २३० कोरोना टेष्टमा २ लाख २१० जनामा कोरोना संक्रमण भएको पाइएको छ । यहाँ २० हजार ८५२ जनाको मृत्यु भएको छ भने ८० हजार ५८७ जना निको भएका छन् । यसैगरी इटलीमा १३ लाख ९८ हजार २४ टेष्टमध्ये १ लाख ८१ हजार २२८ जनामा कोभिड १९ फेला परेको छ । त्यसमध्ये २४ हजार ११४ को ज्यान गएको छ भने४८ हजार ८७७ जना निको भएका छन् । यसैगरी फ्रान्समा ४ लाख ६३ हजार ६६२ जनाको टेष्टमा १ लाख ५५ हजार ३८३ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये २० हजार २६५ जनाको मृत्यु भएको छ भने ३७ हजार ४०९ निको भएका छन् ।
यता जर्मनीमा १७ लाख २८ हजार ३५७ टेष्टमा १ लाख ४७ हजार ६५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । त्यसमध्ये ९५ हजार २०० निको भएका छन् भने ४ हजार ८६२ को ज्यान गएको छ ।
बेलायतमा ५ लाख १ हजार ३७९ कोरोना टेष्टमा १ लाख २४ हजार ७४३ संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि भएकामध्ये १६ हजार ५०९ को ज्यान गएको छ । टर्कीमा ६ लाख ७३ हजार ९८० मा कोरोना टेष्ट भएकोमा ९० हजार ९८० मा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १३ हजार ४८० निको र २ हजार १४० को ज्यान गएको छ । त्यसैगरी इरानमा ३ लाख ५३ हजार १२ टेष्टमध्ये ८३ हजार ५०५ कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये ५९ हजार २७३ जनाका निको र ५ हजार २०९ को ज्यान गएको छ । यसैगरी चीनमा ८२ हजार ७५८ संक्रमितमध्ये ४ हजार ६३२ को ज्यान गएको छ भने ७७ हजार १२३ निको भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट