जनस्वास्थ्य सरोकार, धनगढी । धनगढीका ३४ वर्षीय एक युवाले पनि कोरोना जितेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ५ पुगेको छ । धनगढीस्थित सेति प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ति युवा निको भएर २९ दिनपछि घर फर्केका हुन् । उनको घर धनगढी उपमहानगरपालिका– ५ हो ।
सेती अञ्चल अस्पतालका प्रवक्ता डा. जगदिश जोशीका अनुसार, ति युवाको पछिल्लो २ पटक गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मंगलबार घर पठाइएको हो ।उनी चैत ७ गते दुवईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते धनगढीस्थित आफ्नो घर पुगेका थिए । दुवईमा पनि बिरामी परेका उनलाई कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशीक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजिटिभ आएपछि उनलाई सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
