जनस्वास्थ्य सरोकार, अमेरिका । अमेरिकामा एकैदिन २ हजार ८२३ ले ज्यान गुमाएका ज्यान गएको छ । आज अमेरिकामा ४५ हजार ३४० को ज्यान गएको छ । हिजो अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या ४२ हजार ५१७ थियो । यसैगरी अमेरिकामा एकैदिन २६ हजार २५१ नयाँ संक्रमित भएका छन् । आज संक्रमितको संख्या ८ लाख १९ हजार १६४ पुगेको छ । हिजो अमेरिकामा संक्रमितहरु ७ लाख ९२ हजार ९१३ थिए । यो तथ्यांकले अमेरिकामा नयाँ संक्रमितको तुलनामा कोरोनाबाट ज्यान गुमाउनेको सख्या अत्यधिक देखिन्छ ।
अमेरिकामा आजसम्म निको भएकाहरुको संख्या ८२ हजार ९७३ पुगेको छ । हिजो निकोहरु ७२ हजार ३८९ थियो । यसलाई तुलना गर्दा अमेरिकामा एकैदिन १० हजार ५८४ जना निको भएका छन् । अमेरिकामा अहिलेसम्म ४१ लाख ८९ हजार २४५ जनाको कोरोना परीक्षण गरिसकिएको छ ।
वल्डवमिटर्स डट इन्फोका अनुसार, या समाचार तयार पार्दा सम्म अमेरिकापछि स्पेनमा कोरोना संक्रमितहरुको संख्या २ लाख ४ हजार १७८ रहेका छन् । स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या २१ हजार २८२ पुगेको छ भने ८२ हजार ५१४ जना निको भएका छन् । स्पेनको तुलनामा अमेरिकामा ४ गुणा बढी कोरोना संक्रमित भएको देखिन्छ । तर स्पेनमा कोरोना निको हुने संख्या अमेरिकाकाको हाराहारीमा छ ।यसैगरी इटलीमा १ लाख ८३ हजार ९५७ संक्रमितमध्ये २४ हजार ६४८ को मृत्यु र ५१ हजार ६०० निको, फ्रान्समा १ लाख ५८ हजार ५० जना संक्रमितमा २० हजार ७९६ को ज्यान गएको र ३९ हजार १८१ निको भएका छन् ।
तर जर्मनीमा भने कोरोना संक्रमितको तुलनामा मृत्यु संख्या न्युन र निको हुने संख्या अमेरिका भन्दा करिब १२ हजार बढी नै छ । जर्मनीमा १ लाख ४८ हजार ४५३ संक्रमितमध्ये ५ हजार ८६ जनाको मात्र ज्यान गएको छ भने निको हुने संख्या ९५ हजार २०० रहेको छ ।अहिले चीन कोरोना संक्रमितमा नबौं स्थानमा पुगेको छ । चाइनामा ८२ हजार ७८८ संक्रमितमध्ये ४ हजार ६३२ को ज्यान गएको र ७७ हजार १५१ निको भएका छन् । यद्यपी अमेरिका पहिलो, स्पेन दोस्रो, इटली तेस्रो, फ्रान्स चौथो, जर्मनी पाँचौं , बेलायत छैटौं (१ लाख २९ हजार ४४ जना संक्रमित, १७ हजार ३३७ मृत्यु), सातौ टर्की (९५,५९१ संक्रमित, २,२५९ मृत्यु र १४,९१८ निको), आठौं इरान (८४,८०२ संक्रमित, ५,२९७ को मृत्यु र ६०,९६५ निको) भएका छन् । हाल विश्वका २१० देशमा फैलिएको कोरोनाबाट २५ लाख ५७ हजार १८१ संक्रमित भएका छन्, १ लाख ७७ हजार ६४१ को ज्यान गएको छ र ६ लाख ९० हजार ४४४ निको भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
