जनस्वास्थ्य सरोकार काठमाडौं । मुलुकमा कोरोना संक्रमित दुईजना व्यक्ति निको भएर एकैदिन अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कारोना निको हुने व्यक्तिहरुको संख्या ७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर बुधबार घर फर्किएका हुन् ।धादिङका युवक चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमानमा नेपाल आएका थिए । पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनलाई चैत १२ गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । यसैगरी सेति अञ्चल अस्पतालमा उपचारत कञ्चनपुरको वेदकोट नगरपालिका घर भएका कोरोना संक्रमित ४१ वर्षीय युवकको दुईपटक गरिएको कोरोना परीक्षणको रिपोर्ट लगातार निगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । उनी चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका थिए । उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो। चम्पावतबाट हिँडेर आएका उनीसहितका ७ जना ट्युब प्रयोग गरेर नेपाल छिरेका थिए । ब्रम्हदेवको बाटो महेन्द्रनगरतिर आइरहेका उनीहरुलाई सशस्त्र प्रहरीले समातेर बेदकोट नगरपालिकामा रहेको कृषि पाइलट फार्मको छात्रबासमा बनाइएको क्वारेन्टाइनमा राखेको थियो । चैत २२ गते स्वाबको रिपोर्ट पोजिटिभ आएपछि उनलाई सेती अञ्चल अस्पतालको आइसुलेशन वार्डमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना पोजिटिभ देखिएका कैलालीको लम्कीका युवक आइतबार नै डिस्चार्ज भइसकेका छन् । सेती प्रादेशिक अस्पतालमा अब धनगढीकी महिला र कैलालीको लम्कीचुहा नगरपालिकाकी ६५ वर्षिया महिला गरी २ जना विरामी उपचाररत छन् ।
हाल मुलुकमा ४५ जना कोरोना संक्रमित भएका छन् । निको भएर घर फर्केका ७ जना बाहेक अन्य ३८ जनाको मुलुकका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
