जनस्वास्थ्य सरोकार । नेपालमा एकैदिन ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना निको हुनेहरुको संख्या १० पुगेको छ ।
बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार दुईजना कोरोना जितेर डिस्चार्ज भए । पाटन अस्पतालमा उपचाररत कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए । त्यसैगरी बिहीबार नै धनगढीको सेती अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया महिलासमेत ११ दिन उपचार गराएर डिस्चार्ज भइन् ।
हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ जना, धादिङका १, बागलुङका १ र धनगढीका चारजना रहेका छन् । एकजना फागुन महिनातिर नै निको भएर घर फर्किसकेका छन् ।हाल देशभर संक्रमित ४८ जनामध्ये १० निको भए भने ३८ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
