जनस्वास्थ्य सरोकार, अमेरिका । अमेरिका विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित देश हो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, संयुक्त राज्य अमेरिकामा कोरोनाबाट मर्नेहरुको संख्या ४९ हजार ८४५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा ८ लाख ८० हजार २०४ जना संक्रमित भइसकेका छन् । अमेरिकामा संक्रमितमध्ये ८५ हजार ९२२ निको भएका छन् ।
यसैगरी स्पेशनमा संक्रमित भएका २ लाख १३ हजार २४ जनामध्ये २२ हजार १५७ को ज्यान गएको र ८९ हजार २५० जना निको भएका छन् ।
इटलीमा कोरोनाबाट २५ हजार ५४९ जनाले ज्यान गुमाएका छन् । इटलीमा १ लाख ८९ हजार ९७३ जना संक्रमितमध्ये ५७ हजार ५७६ निको भएका छन् ।
यसैगरी फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार ८५६ पुगेको छ । फ्रान्समा कोरोना संक्रमित १ लाख ५८ हजार १८३ मध्ये ४२ हजार ८८ जना निको भएका छन् ।
जर्मनीमा कोरोनाबाट मर्नेहरुको संख्या ५ हजार ५७५ रहेको छ । संक्रमितको तुलनामा यहाँ मर्नेको संख्या कम हो । जर्मनीमा संक्रमित भएका १ लाख ५३ हजार १२९ मध्ये १ लाख ३ हजार ३०० निको भएका छन् । कोरोना निको हुने विश्वका सबै देशमध्ये जर्मनी अगाडि रहेको छ ।यसैगरी बेलायतमा १ लाख ३८ हजार ७८ जनामध्ये १८ हजार ७३८ जनाले ज्यान गुमाएका छन् । टर्कीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४९१ रहेको छ । टर्कीमा कोरोना संक्रमित १ लाख १ हजार ७९० मध्ये १८ हजार ४९१ जना निको भएका छन् । इरानमा ८७ हजार २६ जना कोरोना संक्रमितमध्ये ५ हजार ४८१ ले ज्यान गुमाएका छन् भने ६४ हजार ८४३ निको हुन सफल भएका छन् ।
यतिखेर चीन कोरोना संक्रमितको दृष्टिकोणबाट नवौं स्थानमा पुगेको छ । चीनमा ८२ हजार ८०४ जना कोरोना संक्रमितमध्ये ४ हजार ६३२ को ज्यान गएको छ भने ७७ हजार २५७ निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
