जनस्वास्थ्य सरोकार, बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा उपचाररत कोरोना संक्रमित १९ वर्षीया युवतीले कोरोना जितेकी छिन् ।
पोखरा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको छैटौपटकको कोरोना परीक्षणमा पनि रिपोर्ट निगेटिभ आएको छ । हिजो गरिएको पाँचौ रिपोर्ट पनि निगेटिभ आएको थियो । यो सँगै मुलुकमा कोरोना निको हुने व्यक्तिको संख्या ११ पुगेको छ ।बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युवतीको यसअघिको चारवटा रिपोर्ट पोजेटिभ देखिएको थियो । धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख शैलेन्द्र बिक पोखरेलका अनुसार, बिहीबार र शुक्रबारको दुवै परीक्षणको नतिजा नेगेटिभ आआएपछि उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको छ । । उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन्। त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
