जनस्वास्थ्य सरोकार, काठमाडौं । चितवनमा उपचाररत २७ वर्षीय युवाले पनि कोरोना जितेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार, उनको आठ दिनमै कोरोना परीक्षणको दुईवटा रिपोर्ट निगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । यो सँगै मुलुकमा कोरोना निको भएर डिस्चार्ज हुनेहरुको संख्या १२ पुगेको छ ।मन्त्रालयका अनुसार, अहिलेसम्म आरडीटी विधिबाट ३९ हजार ६ सय ७० र पीसीआर विधिबाट ९ हजार ६ सय ६६ जनाको गरेर जम्मा ४९ हजार तीन सय ३६ जनामा कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार, अहिले कोभिड —१९ संक्रमित ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यीमध्ये प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइरहेको छ । अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्ज, धनगढी र भरतपुरमा एकएक जनाको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । अहिलेसम्म क्वारेन्टाइनमा १४ हजार सात सय ३१ जना रहेका छन् जसमध्ये सबैभन्दा बढी सात हजार बढी सुदूरपश्चिममा छन् । उपत्यकामा ३ र बाहिर ८४ गरेर देशभर ८७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
