जनस्वास्थ्य सरोकार, बीरगञ्ज । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो ।दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभएको छ । अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा तीनजना जमाती रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
