आइतबार नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक १२ औँ दिनमा र पर्साका ३ जना पुरुष १५ औँ दिनमा कोराना निको भएर घर फर्किएका छन् । मुलुकमा कोरोना संक्रमितमध्ये ३५ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । संक्रमतिमध्ये धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जनाको उपचार भइरहेको छ । हालसम्म मुलुकमा ५१ जना कोरोना संक्रमित भेटिएको छ ।जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड—१९) जित्नेहरुको संख्या १६ पुगेको छ । आइतबार पर्सा जिल्लामा थप ४ जना निको भएर घर फर्किएसँगै देशमा कोरोना निको हुने व्यक्तिहरुको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म आरडीटी र पिसिआर प्रविधि दुवैगरी ५१ हजार ३ सय ६७ जनाको कोरोना परीक्षण भएको छ । जसमा आरडिटी विधिबाट ४१ हजार ४ सय ३६ र पीसीआर विधिबाट ९ हजार ९ सय ३१ नमुना परीक्षण भएका छन् ।हाल मुलुकभर ११० जना व्यक्ति आइसोलेसनमा रहेका छन् जसमध्ये काठमाडौं उपत्यकामा ६ जना र काठमाडौं बाहिर १०४ को उपचार भइरहेको छन् । यसैगरी क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको मन्त्रालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड—१९) जित्नेहरुको संख्या १६ पुगेको छ । आइतबार पर्सा जिल्लामा थप ४ जना निको भएर घर फर्किएसँगै देशमा कोरोना निको हुने व्यक्तिहरुको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।