जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले वैशाख २५ गतेसम्म लकडाउनको म्याद थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद वैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको लकडाउनको म्याद १० दिनसम्म थप्ने निर्णय गरेको हो ।
बैशाख १५ गतेसम्मको लकडाउन २५ गतेसम्म कायम रहने छ । सरकारले मुलुकमा चैत्र ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । त्यसपछि पटकपटक म्याद थप्दै आएको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भएर घर फर्किएका छन् । अन्य ३५ संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
