जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ कोरोना भाइरसबाट अमेरिका निकै प्रभावित छ । अमेरिकामा अहिलेसम्म ५५ हजार ४१५ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा ९ लाख ८७ हजार ३२२ जना संक्रमित भएका छन् । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार, अमेरिकामा अहिलेसम्म १ लाख १८ हजार ७८१ जना निको भएका छन् । अमेरिकामा निको हुने संख्या अन्य देशको तुलनामा बढी नै छ । तर संक्रमितको दृष्टिकोणबाट हेर्दा भने निकै कम हो ।
तर स्पेनमा कोभिड १९ संक्रमितको तुलनामा निको हुनेहरुको संख्या धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख २६ हजार ६२९ संक्रमितमध्ये १ लाख १७ हजार ७२७ निको भएका छन् भने २३ हजार १ सय १९० जनाको ज्यान गएको छ ।कोभिड १९ संक्रमितमध्ये तेस्रो स्थानमा रहेको इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६७५ जना संक्रमित भएका छन् । इटलीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना निको भएका छन् भने २६ हजार ६४४ को मात्र ज्यान गएको छ । यसैगरी फ्रान्समा अहिलेसम्म १ लाख ६२ हजार १०० संक्रमित भएकामध्ये ४४ हजार ९०३ जना निको भएका छन् भने २२ हजार ८५६ को ज्यान गएको छ । यता जर्मनीमा कोभिड १९ संक्रमितको तुलनामा मृत्यु हुनेहरुको संख्या निकै कम छ । जर्मनीमा १ लाख ५७ हजार ७७० संक्रमितमध्ये १ लाख १२ हजार निको भएका छन् भने ५ हजार ९७६ जनाको मात्र ज्यान गएको छ । यसैगरी बेलायतमा १ लाख ५२ हजार ८४० संक्रमित भएकामध्ये २० हजार ७३२ को ज्यान गएको छ । टर्कीमा संक्रमितको तुलनामा कमैको ज्यान गएको छ । टर्कीमा १ लाख १० हजार १३० संक्रमितमध्ये २९ हजार १४० निको भएका छन् भने २ हजार ८०५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा पनि संक्रमितको तुलनामा धेरै निको भएका छन् । इरानमा ९० हजार ४९१ जना संक्रमितमध्ये ६९ हजार ६५७ जना निको भएका र ५ हजार ७१० जनाको ज्यान गएको छ । कोभिड १९ संक्रमितमध्ये नवौं स्थानमा पुगेको चीनमा अहिलेसम्म ८२ हजार ८३० जना संक्रमितमध्ये ७७ हजार ४७४ जना निको भएका छन् । चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३३ रहेको छ ।
विश्वका २१० देशमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट अहिलेसम्म २९ लाख ९४ हजार ९५८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ लाख ७८ हवा ९२३ जना निको भएका छन् भने २ लाख ६ हजार ९९७ को ज्यान गएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
