जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण गरेको छ । चिकित्सकहरुको पहिचानको लागि ज्याकेट हस्तान्तरण गरिएको हो ।
चिकित्सकहरुको लागि मात्र प्रयोग गर्ने र चिकित्सकहरु लाई सबैले सजिलै चिन्न सकिने गरी बनाइएको उक्त ज्याकेटको प्रयोगले यो कोरोना विरुद्धको लडाइका अग्रपंक्तिमा रहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा विशेष सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारिले बताउनुभयो । सो अवसरमा नेपाल उत्पादक संघका तर्फबाट वरिष्ठ उपसभापती महेश प्रधान, उपाध्यक्ष सन्तोष बराल र महासचिव बिप्लव अधिकारीले ज्याकेट हस्तान्तरण गर्नुभएको थियो ।नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो । नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्षले सन्तोष बरालले मुलुकमा उत्पादन हुने औषधिको अभाव हुन नदिन अहोरात्र खटिरहेको जानकारी गराउनु भएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानका लागि लडिरहेको र यो समयमा चिकित्सकहरुलाई नेपाली औषधि उत्पादकहरुले गर्नु भएको सहयोगको लागि आफू, संघ र सम्पूर्ण चिकित्सकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । यि ज्याकेटहरु सकेसम्म चाडो देश भरिका चिकित्सकहरुमा पुर्याइने छ ।
बिगत केही दिन अगाडि चिकित्सकहरु माथि पहिचान नभएका कारण भएको विभिन्न दुव्र्यवहारका घटना अब फेरि नदोहोरिउन र चिकित्सकहरुको सम्मान र पहिचानका लागि यो छोटो र कठिन समयमा अति आवश्यक भएकाले नेपाल औषधि उत्पादकहरुले नेपाल चिकित्सक संघको सहकार्यमा उक्त ज्याकेटहरु उपलब्ध गराएको औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
