जनस्वास्थ्य सरोकार, रौतहट । रौतहट जिल्लामा थप दुई जनामा कोभिड १९ कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ५४ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश शाहका अनुसार, रौतहटको वृन्दावन नगरपालिका—९ भुषाहटोलका २५ वर्षीय युवक र देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।जनकपुरबाट आएको प्रादेशिक टोलीले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटिभ देखिएपछि ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएपछि बृन्दाबन ९ का बिरामी रौतहटको चन्द्रपुर नगरपालिका—६ स्थित क्वारेन्टाइनमा १४ दिन राखेर घर फर्काइएको थियो । कलकत्ताबाट आएका उनी बैशाख ६ गते घर गएका थिए । देवाही गोनाहीका संक्रमित ३५ वर्षका पुरुष भने क्वारेन्टाइनमै बस्दै आएका छन् । उनी दिल्लीबाट बैसाख ४ गते घर आएका थिए । दुवैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
