जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा हालसम्म ५४ हजार ८२६ वटा कोभिड १९ कोरोना भाइरसको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये १० हजार ८०७ वटा पिसिआर र ४४ हजार १९ र्यापिड डायग्नोष्टिक (आरडिटी) विधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गत २४ घण्टामा १ हजार १ सय ९३ वटा वटा थप परीक्षण भएका छन् ।
आज मात्र रौतहका २४ वर्षीय र ३५ वर्षीया २ पुरुषहरुको स्वाव परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्दा रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु भारतबाट नेपाल आएका र क्वारेन्टाइनमा बसेका थिए । यसरी मुलुकमा कुल कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् । हाल धनगढीमा १, बीरगञ्जमा ५, भरतपुरमा १ र बिराटगरमा ३१ गरी जम्मा ३९ जनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्यवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।मुलुकभर हालसम्म २२ हजार ९९ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५१२, वागमीत प्रदेशमा ३६१, गण्डकी प्रदेशमा ६७६, प्रदेशन नम्बर ५ मा १२ हजार १६४, कर्णाली प्रदेशमा ३ हजार ७८९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३०९ रहेका छन् । मुलुकभर आइसोलेसनमा रहेको सम्भावित विरामीहरुको संख्या १०७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४ जना र उपत्यकाबाहिर १०३ जना रहेका छन् । यसका साथै आगामी २५ गतेसम्मको लकडाउनको समयमा विभिन्न सिमा नाकाबाट यात्रुहरुको आवागमन स्थगित गरिएको छ । तर मालसामानको ढुवानी यथावत कायम राख्ने निर्णय भएको डा. देवकोटाले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
