जनस्वास्थ्य सरोकार, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोभिड १९ कोरोना भाइरस संक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, वीरगञ्ज महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ५८ पुगेको छ । १६ जना निको भएर घर फर्किएका छन् ।गत आइतबार बीरगञ्जका सफाइ नाइकेमा कोरोना संक्रमण पुष्टी भएँगै उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप एकजनामा संक्रमण फेला परेको हो । बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज—२ छपकैयाका ४६ वर्षीय पुरुषहरू रहेका छन् । उनीहरु तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
