जनस्वास्थ्य सरोकार, काठमाडौं । वलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । उनी बुधबार राति मुंबईको एच.एन. रिलायंस फाउन्डेसन अस्पतालमा भर्ना भएका थिए ।
ऋषि कपुर क्यान्सरबाट पीडित थिए र पछिल्ला दिनहरुमा सास लिन निकै समस्या भएको थियो । ऋषि अमेरिकामा करिब एक वर्ष जति क्यान्सरको उपचार गरेर गत वर्षको डिसेम्भर महिनामा घर फर्किएका थिए । उनमा छातिको संक्रमण, सास लिन निकै समस्या र हल्का ज्वरोको समस्या थियो ।चिकित्सकहरुले उनमा कोरोना टेष्ट गर्न पनि सुझाएका थिए । अस्पतालका दुई जना विशेषज्ञ चिकित्सक ऋषिको उपचारमा खटिएका थिए । ऋषि कपुरको सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो । ऋषि लकडाउन भन्दा पहिला फेब्रुअरी महिनामा दुई पटक अस्पताल भर्ना भइसकेका थिए । ऋषि कपुर दिग्गज अभिनेता राज कपुरका छोरा हुन । उनले सन् १९७३ मा बबी फिल्मबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए । उनले ‘श्री ४२०’ र ‘मेरा नाम जोकर’ मा बालकलाकारको भूमिका निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म द बडीमा काम गरेका थिए । प्राय सामाजिक सञ्जालमा सक्रिय हुने उनले दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न‘ मा काम गर्ने बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
