जनस्वास्थ्य सरोकार, काठमाडौ । पछिल्लो २४ घण्टामा भारतमा २ हजार २९३ कोेभिड १९ कोरोना भाइरस संक्रमणका नयाँ बिरामी फेला परेका छन् ।
यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३३६ पुगेको छ । यीमध्ये ९ हजार ९५० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २६ हजार १ सय ६७ जनाको उपचार भइरहेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, भारतमा हालसम्म कोभिड १९ भाइरसबाट मर्नेहरुको संख्या बढे्र १ हजार २१८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ११ हजार पाँच सय ६ पुगेको छ भने चार सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा चार हजार सात सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ३६ जनाको मृत्यु भइसकेको छ । मध्य प्रदेशमा पनि दुई हजार सात सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ४५ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै उत्तर प्रदेशमा संक्रमित संख्य दुई हजार तीन सय २८ पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म चार सय ७१ जनामा भाइरसको संक्रमण देखिँदा तीनजनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
