जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले मुलुकमा आइतबार थप जनामा कोभिड १९ कोरोना भाइरस पुष्टी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, प्रदेश नम्बर ५ को नेपालगञ्जमा पाँच पुरुष र ४ महिलासहित ९ जना र प्रदेश नं.२ को बीरगञ्जमा एक जना ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको हो । नेपालगञ्जमा पुष्टि भएका कोरोना संक्रमितहरु ७ बर्षको बालकदेखि ५८ वर्ष उमेर समूहका रहेका छन् । यो सँगै नेपालमा कोभिड १९ संक्रमितहरुको संख्या ६९ पुगेको छ । तिमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।
हाल कति जनाको कोभिड—१९ परीक्षण भयो ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मुलुकमा हालसम्म पीसीआर विधिबाट १३ हजार ४१४ वटा नमुना परीक्षण भएको छ भने र्यापिड टेष्ट (द्रुत परीक्षण) विधिमा आरडीटी किट प्रयोग गरेर ४९ हजार ६८८ जनाको कोभिड—१९ परीक्षण सम्पन्न भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ४७९ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार, मुलुकभर २१ हजार ९५१ क्वारन्टीन र ७७ जना आईसोलेशनमा राखिएको छ । आइसोलेसनमा राखिएकामध्ये राजधानीमा ४ जना रहेका छन् । एकसाता अघि डिस्चार्ज गरिएका २ संक्रमित फेरि अस्पताल
यसैबीच कोरोनाको उपचारपछि निको भएको भन्दै नारायणी अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएका कोरोनाका संक्रमितमध्ये २ जनालाई फेरि अस्पतालमा ल्याएर भर्ना गरिएको छ । नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज गरिएका चारमध्ये २ संक्रमीतलाई हप्ता दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो । रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राती र भारत उत्तर प्रदेशका ४१ वर्षीय जमातीलाई आइतबार दिउँसो बीरगञ्जस्थित नारायणी अस्पतालमा पुनः भर्ना गरिएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसार, दुवैको स्वास्थ्यमा केही समस्या देखिएपछि थप अनुसन्धानका लागि अस्पतालमा ल्याइएको र दुवैको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
