
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रदेश नम्बर ५ बाँकेको नेपालगन्जमा थप ६ जनासहित एकै दिन १५ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा आइतबार साँझ ६ जनाको पीसीआर विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । आइतबार साँझ नेपालगन्जका १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोभिड १९ पोजिटिभ देखिएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभएको छ । उनीहरु सबैको नेपालगञ्जको भेरी अस्पताल प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।यसअघिको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले नेपालगञ्जमा ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोना संक्रमित भेटिएको जानकारी गराएको थियो । यसका साथै प्रदेश नम्बर २ को बीरगञ्जमा आइतबार मात्र १ जनामा कोरोन संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । १६ जना निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
