जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रदेश नं ५ को बाँके जिल्लाको नेपालगन्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ।
लकडाउनको पालना
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै उनले नआत्तिन आग्रह गरे।नेपालगन्जवासीले लकडाउनको पूर्ण पालना नगर्दा सङ्क्रमित एक्कासी बढेको कतिपयको भनाइ छ। प्रशासनले लकडाउनको पालना गराउन अनेक प्रयास गरे पनि स्थानीय बासिन्दाले नटेरेका कारण नेपालगन्जमा मानिसको चहलपहल बढी देखिएको नेपालगन्ज उमहानगरपालीकाकी उपप्रमुख उमा थापाको भनाइ छ।उनले भनिन्, "सबैले लकडाउनको पालना गरेको भए सङ्क्रमित व्यक्ति घरघरमा पढाउन जाने थिएनन् र अहिले यो स्थिति आउने थिएन।"वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो । एक दिनमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म १०० वटा नमुना परीक्षण गर्न सकिने भए पनि जनशक्तिको अभावमा पूर्ण क्षमताअनुसार परिक्षण गर्न नसकिएको डा. थापाले बताए ।
दिल्ली-नाताको खोजी
भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको हो। बीबीसी
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

