जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड १९ कोरोना संक्रमितहरुको संख्या ८२ पुगेको छ । नेपालगञ्जमा आज थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भेरि अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नेपालगञ्ज ८ निवासी २२, ३०, ४० वर्षका पुरुषहरु र ९, ३२, ३४ र ५५ वर्षका महिलाहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिनुभयो ।मुलुकमा संक्रमितमध्ये पुरुष ६१ जना र महिला २१ जना रहेका छन् । १६ जना उपचार पछि घर फर्किएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
