जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहल सेवन नगर्न आग्रह गरेको छ । यो लकडाउनमा धेरैले अत्यधिक अल्कोहल सेवन गर्ने गरेको र त्यसबाट ज्यानसमेत गएको समाचारहरु प्राप्त भएसँगै मन्त्रालयले सो आग्रह गरेको हो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकाटोले अल्कोहल सेवन गरेर जोखिममा नपर्न आग्रह गर्नुभयो । घरमा एक्लै बसेको बेलामा अल्कोहल सेवन गर्दा थप बानी बस्ने, नखानेले पनि खान शुरु गर्ने भएकाले उहाँले स्वस्थ्य रहन र अरुलाई पनि स्वस्थ्य राख्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।हालसम्म मुलुकमा पिसिआर विधिबाट १३ हजार ८५० कोरोनाको नमुना परीक्षण भएको छ भनेको आरडिटी विधिबाट कोरोना परीक्षण भएको संख्या ५२ हजार २२७ पुगेको छ । गत २४ घण्टामा थप १ हजार ५ सय ८२ वटा नमुना परीक्षण गरिएको मन्त्रायले जानकारी गराएको छ । यसैगरी मुलुकभर २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । मुलुकभर आइसोलेसनमा रहेका १२० जनामध्ये २ जना काठमाडौं उपत्यकाभित्र रहेका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट नमुना परीक्षण भएसँगै मुलुकमा पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुको संख्या १८ पुगेको छ ।
यसैगरी आज मात्र नेपालगञ्जमा ७ जना संक्रमितहरु पुष्टि भएसँगे मुलकुमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन् ।८२ जनामध्ये प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा १३, बागमति प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४, कर्णाली प्रदेशमा शुन्य र सुदुर पश्चिम प्रदेशमा ५ जना फेला परेका छन् । तिमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
उपचाररत ६६ जनामध्ये रुपन्देहीमा १, नेपालगञ्जमा २३, धनगढीमा १, भरतपुरमा १, बीरगञ्जमा ९ र बिराटनगरमा ३१ जनाको उपचार भइरहेको छ । उपचाररत संक्रमितहरुको स्वास्थ्यस्थिति सामान्य रहेको डा. देवकोटाले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

