जनस्वास्थ्य सरोकार, विराटनगर । बिराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय मुस्लिम धर्म प्रचारक जमातिमा कोभिड १९ कोरोना संक्रमण निको भएको छ ।
निको हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २२ जना पुगेको छ ।उदयपुरको एक मस्जिदमा कोभिड १९ कोरोना संक्रमित पुष्टि भएका उनीहरुलाई गत वैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना गरिएको थियो । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार, उनीहरुमा कोरोना नमुना परीक्षण गर्दा रिपोर्ट लगातार निगेटिभ आएकाले आज डिस्चार्ज गरिएको छ । हाल नेपाल रडस्चार्जपछि उनीहरुलाई विराटनगर–१६ स्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने छ । हाल विराटनगरको कोरोना अस्पतालमा ३१ जना संक्रमित उपचाररत् छन् । ती मध्ये २८ जना उदयपुरमा भेटिएका थिए । हाल मुलुकमा ८२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
