जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप १७ जनामा कोभिड १९ कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी गराउनुभएको हो ।
नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोभिड १९ कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये सात महिला र १० पुरुष छन् । संक्रमितमध्ये हालसम्म २२ जना भने निको भएका छन् ।मन्त्रालयका अनुसार, हालसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएको प्रवक्ता डा. देवकोटाले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
