जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड—१९ कोरोना भाइरस अमेरिकामा भएको सबैभन्दा नराम्रो आक्रमण भएको बताएका छन् ।
उनले भने —‘यदि चीनले समयमै कदम चालेको भए यो भाइरसले विश्वव्यापी महामारीको रूप लिने थिएन ।’
राष्ट्रपति ट्रम्पले अमेरिकामा भएको कोरोना भाइरसको आक्रमणलाई दोस्रो विश्वयुद्धको समयमा जापानी बमवर्षकहरूले पर्ल हार्बर टापुमा गरेको बमबारी र विश्व व्यापार केन्द्रमा गरेको आक्रमणसँग तुलना गरेका छन् ।हाल अमेरिकामा १२ लाख ६३ हजार ९२ जना संक्रमित भएका र अहिलेसम्म ७४ हजार ७९९ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा संक्रमितमध्ये २ लाख १२ हजार ९८१ जना निको भएर घर फर्किएका छन् । यो विश्वकै सबैभन्दा धेरै हो । विश्वका २१२ देशमा फैलिएको कोरोना भाइरसबाट हालसम्म ३८ लाख २२ हजार ८६० जना संक्रमित भएको र २ लाख ६५ हजार ७६ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमितहरुमध्ये १३ लाख २ हजार ८ सय ९० जना निको भएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

