जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोभिड—१९ कोरोना भाइरस परीक्षण शुरु भएको छ । शुक्रबारबाट संघीय संसदको वर्षे अधिवेशन शुरु हन लागेकाले सांसदहरुको कोभिड १९ परीक्षण आजबाट शुरु भएको हो ।
बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसद र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोभिड १९ कोरोना संक्रमण परीक्षण शुरु भएको छ । संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार, संघीय संसद भवनको ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी,मर्यादापालक र पत्रकारको स्वाव संकलनको प्रबन्ध मिलाइएको छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने छ ।हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

