जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकका २०८ सांसदसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका कर्मचारी र सुरक्षाकर्मीसहित ४ सय ४० जनाको कोभिड १९ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
आज सभामुख तथा ठुला तथा साना दलका राजनेताहरु प्रचण्ड , बाबुराम भट्टराई ,प्रकाश मान सिंह ,रामबहादुर थापा (बादल ),नारायण काजी श्रेष्ठ, माधवकुमार नेपाल ,झलनाथ खनाल,लालबाबु पण्डित ,राजेन्द्र महतो, शेरबहादुर देउवा,योगेश भट्टराई,मातृका प्रसाद यादव, पम्पा भुसाल, बर्ष मान पुन, गगन थापा , पदमा अर्याल ,महन्त ठाकुर ,हृदयस त्रिपाठी लगायत अन्य बिशिष्ट नेता,संसद, मर्यादापालक, प्रहरी कर्मचारीहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म स्वाब संकलन गरिएको थियो । स्वाब संकलनमा मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल (मेलान) को प्राविधिक टोलीले सहयोग र समन्वय गरेको हो । बाँकी सांसद, कर्मचारी र सुरक्षाकर्मीको शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई घण्टा थ्रोट स्वाब संकलन गरिने मेलानका संस्थापक अध्यक्ष कृष्ण प्रसाद रिजालले जानकारी दिनुभएको छ । संघीय सांसदको प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५८ सांसद रहेका छन् । संकलन भएका सबै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षणका लागि पठाइएको छ । सबैको पिसिआर विधिबाट परीक्षण हुनेछ । संकलित स्वाबको नतिजा २४ घण्टाभित्र आउने संसद सचिवालयले जानकारी गराएको छ । शुक्रबार दिउँसो ४ बजेपछि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदै रहेकाले रिपोर्ट देखाएपछि मात्र सांसदले बैठक कक्षमा प्रवेश पाउने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
