नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १०० नाघेको छ।
बिहीवार साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड-१९ पुष्टि भएको जनाएपछि सङ्क्रमितको कुल सङ्ख्या १०१ पुगेको छ।मन्त्रालयका अनुसार कपिलवस्तुमा १६ र २२ वर्षका दुई पुरुषमा कोरोनाभाइरस देखिएको हो । अहिले देशभरि १७,००० जनाभन्दा बढी मानिस क्वारन्टीनमा छन् भने सम्भावित सङ्क्रमितसहित १३३ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको छ। अहिलेसम्म देशका सातमध्ये छवटा प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन् । सरकारले अहिलेसम्म २२ जना निको भएर अस्पतालबाट बिदा भएको बताएको छ। तर निको भएर घर फर्किएकामध्ये काठमाण्डूका एक जना र पर्साका दुई जनालाई पुनः परीक्षणको क्रममा कोरोनाभाइरस देखिएपछि अस्पताल भर्ना गरिएको छ। बीबीसी नेपाली सेवाका अनुसार, अतिप्रभावित देखिएका प्रदेश नं १ को उदयपुर, प्रदेश नं २ को पर्सा र प्रदेश नं ५ को बाँकेमा थप परीक्षण गरिने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपाली सेनाको सहयोगमा उदयपुरमा कम्तीमा ५००, वीरगन्जमा कम्तीमा १,००० र नेपालगन्जमा कम्तीमा १,००० मानिसबाट परीक्षणका लागि नमुना सङ्कलन गरिनेछ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

