जनस्वास्थ्य सरोकार, काठमाडौं । संयुक्त राज्य अमेरिका र बेलायतका शोधकर्ताहरूले नोवल कोरोना भाइरसमा सयौं परिवर्तन देखिएको बताएका छन् ।
यद्यपि यी अनुसन्धानहरूमध्ये कुनैले पनि संक्रमणलाई असर गर्ने र ति भाइरसविरुद्ध प्रभावकारी हुने खोप पुष्टि गर्न सकेका छैनन् । भाइरसमा परिवर्तन आउनु सामान्य कुरा हो । सवाल यो हो कि यी मध्ये कुन परिवर्तनले संक्रमणको गम्भीरता वा गतिलाई असर गर्छ ?
अमेरिकामा गरिएको एउटा प्रारम्भिक अनुसन्धानले भनेको छ —‘नोवेल कोरोना भाइरमा एक खास परिवर्तन (D614G) धेरै हावी भइरहेको छ, जसका कारण कोविड—१९ बिरामी अधिक संक्रामक हुनसक्छन् ।’ यद्यपि यो अनुसन्धान न त औपचारिक रूपमा प्रकाशित भएको छ न अन्य वैज्ञानिकहरूद्वारा यसलाई समीक्षा नै गरिएको छ ।
न्यू मेक्सिकोको लस अलामास नेशनल ल्याबका शोधकर्ताहरूले भाइरसमा भएको परिवर्तनको ट्रैक गर्न कोशिस गरिहेका छन् जसले यी भाइरसको आकार परिवर्तन भइरहेको छ ।
यो अनुसन्धान ग्लोबल इनिसिएटिभ अन शेयरिङ अल इन्फ्लुएन्जा डाटा (GISAD) को डाटावेशको आधारमा भइरहेको छ ।
वैज्ञानिकहरूले अवलोकन गरेका छन् कि यस विशेष परिवर्तन (D614G) को कारण कोरोना भाइरस धेरै छिटो बढ्दछ । तर यसको परिणाम के हुन्छ, यो अझै स्पष्ट छैन ।
‘भाइरस परिवर्तन खराब चीज होइन’
कोरोना संक्रमित बिरामीहरूबाट डाटा संकलन बेलायतका शोधकर्ता शेफील्डले गरेको हुन् । उनी भन्छन्—‘बदलिएको कोरोना भाइरस (D614G) बाट संक्रमित व्यक्तिहरूको संख्या बढी भएको थाहा थियो ।’ यद्यपि उनले त्यस्ता व्यक्तिहरू अधिक गम्भीर भएको प्रमाणित गर्ने कुनै आधार फेला पारेनन् ।युनिभर्सिटी कलेज लन्डनमा गरिएको अर्को अध्ययनले कोरोना भाइरसमा हुने १९८ परिवर्तनहरू पत्ता लागेको छ । यस अनुसन्धानमा संलग्न प्रोफेसर फ्रान्सेस बलुले भने—‘भाइरस परिवर्तन आउनु आफैँमा नराम्रो होइन । तर अहिलेसम्म कोरोना भाइरस सामान्य भन्दा छिटो वा ढिलो परिवर्तन हुँदैछ भन्ने प्रमाणित गर्ने हामीसँग कुनै आधार छैन ।’ यसैगरी ग्लास्गो विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरूले पनि कोरोना भाइरसको परिवर्तनको विश्लेषण गरेका छन् । अनुसन्धान टोलीले भनेको छ— ‘योे परिवर्तन चिन्ताको विषय होइन ।’ कोरोना भाइरस वास्तविकतामा परिवर्तन नभएको र कोविड—१९ रोग पनि त्यस्तै प्रकारको भाइरसबाट फैलिरहेको उनीहरुले निष्कर्ष निकालेका छन् ।
कोरोना भाइरसमा भएका यी साना परिवर्तनहरूमा ख्याल राख्नु र तिनीहरूको विश्लेषण गर्नु महत्वपूर्ण हुन्छ किनभने यसले खोप बनाउनमा मद्दत पुर्याउँदछ । कोविड—१९ सम्बन्धि खोप बनाउने तर्फ काम भइरहेको छ । तर यदि भाइरसमा लगातार फरक प्रकारका परिवर्तनहरू भएमा यो कम प्रभावकारी हुनसक्छ ।यद्यपि यी सबै चीजहरू केवल सिद्धान्तमा मात्र भन्न सकिन्छ । वैज्ञानिकहरूसँग अहिलेसम्म भाइरसको परिवर्तनको प्रभाव प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको बीबीसी हेल्थ हिन्दीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

