जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड १९ कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार मात्र नेपालगंञ्जमा १६ वर्षीय एक युवामा कोभिड १९ कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमितहरुमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । यसैगरी एकैदिन प्रदेश नम्बर १ बाट ८ जनाले कोरोना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा एक महिला र ७ पुरुष गरी ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेको संख्या ३० पुगेको छ ।मन्त्रालयका अनुसार, पीसीआर प्रविधिबाट १५ हजार ४९२ र आरडीटीबाट १५ हजार ४९२ कोभिड १९ परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार, मुलुकभर १५ हजार ६२४ जना क्वारेन्टाइन रहेका छन् । आइसोलेसनमा बस्ने व्यक्तिहरुको संख्या १३५ रहेको छ । जसमध्ये उपत्यकामा ३ जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
