रसियामा एकैदिन १०४ जनाको ज्यान गएको छ । अहिलेसम्म रसियामा १ हजार ८२७ जनाको ज्यान गएको छ । रसियामा संक्रमितममध्ये ३१ हजार ९१६ जना निको भएका छन् । रसियामा अहिलेसम्म ५२ लाख २१ हजार ९६४ नमुना संकलन गरी कोरोना परीक्षण भएको छ । त्यसपछि अमेरिकामा एकैदिन ३ हजार ९९१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । अमेरिकामा अहिलेसम्म १३ लाख २५ हजार ७७६ कोभिड १९ संक्रमित भेटिएका छन् जसमध्ये अहिलेसम्म ७८ हजार ७६२ को ज्यान गएको छ भने २ लाख २३ हजार ९३७ निको भएर घर फर्किएका छन् । अमेरिकामा अहिलेसम्म ८६ लाख ८५ हजार ४७१ वटा कोभिड १९ कोरोना नमुना परीक्षण भएको छ ।जनस्वास्थ्य, काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ कोरोना भाइरस रसियामा एकैदिन अर्थात २४ घण्टाको बीचमा १० हजार ८१७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म वल्ड कोरोना डट इन्फोले गरेको अपडेट अनुसार, रसियामा १ लाख ९८ हजार ६७६ जना संक्रमित भएका छन् । यद्यपी रसियामा एकैदिन यति कोरोना संक्रमित देखिनु निकै भयावह रुपमा बढिरहेको विश्लेषण गरिएको छ ।
यसैगरी छिमेकी देश भारतमा एकैदिन १ हजार ६६१ जना कोरोना संक्रमित फेला परेका छन् । भारतमा हालसम्म ६१ हजार ३५६ जना संक्रमित भइसकेका छन् । भारतमा अहिलेसम्म २ हजार ४१ जनाको मृत्यु भएको छ भने १८ हजार ६७२ निको भएर घर फर्केका छन् । भारतमा अहिलेसम्म १५ लाख २३ हजार २१३ नमुना संकलन गरी कोरोना परीक्षण भएका छन् ।हाल विश्वका २१२ देशमा फैलिएको कोरोना संक्रमितहरु एकैदिन ४१ हजार ५७३ थपिएका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ४० लाख ५० हजार ८६४ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमित भएकाहरुमध्ये २ लाख ७७ हजार ४९१ जनाको ज्यान गइसकेको छ भने १४ लाख ६ हजार १०७ जना निको भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

जनस्वास्थ्य, काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ कोरोना भाइरस रसियामा एकैदिन अर्थात २४ घण्टाको बीचमा १० हजार ८१७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म वल्ड कोरोना डट इन्फोले गरेको अपडेट अनुसार, रसियामा १ लाख ९८ हजार ६७६ जना संक्रमित भएका छन् । यद्यपी रसियामा एकैदिन यति कोरोना संक्रमित देखिनु निकै भयावह रुपमा बढिरहेको विश्लेषण गरिएको छ ।