जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोरोना निको हुनेहरुको संख्या ३३ जना पुगेको छ । विराटनगरको कोशी अस्पतालमा निर्माण भएको कोभिड—१९ उपचार केन्द्रबाट आइतबार झापाका ४० वर्षीय र भोजपुरका २७ वर्षीय थप दुई जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । डिस्चार्ज भएका भोजपुरका युवा वैशाख १० र झापाका पुरुष वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड—१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलको भनाइ छ ।दुबै जनालाई स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ । कोभिड—१९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए। यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए । अब १९ जना उपचार केन्द्रमा उपचाररत छन् ।
देशभर कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ११० पुगेको छ । जसमध्ये ७७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
