नेपालमा कोभिड १९ कोरोना संक्रमितहरुको संख्या १२० पुगेको छ ।
स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले कपिलवस्तुमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुमा कोभिड १९ पुष्टि भएको हो ।
यसरी कोभिड १९ पुष्टिहुने व्यक्तिहरुमा कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिका ७,१० निवासी १८,१९,२०,२०,२४,३०,३१,३४,३४ वर्षीय पुरुष र १ जना उमेर नखुलेका पुरुष रहेका छन् । हाल उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ३३ जना कोभिड १९ निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये काठमाण्डूका एक र पर्साका दुई जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ ।प्रदेश नं १ मा सर्वाधिधक १६ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार, हालसम्म पीसीआर विधिबाट नेपालमा १६ हजार ९०८ जनाको मात्र परीक्षण भएको छ । 
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
