जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो बसेको सुरक्षा समितिको बैठकले आज साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म सिल गर्ने निर्णय गरिए हो ।
यस अवधिमा अति आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन राजमार्ग भएर गुड्ने साधनहरुलाई रोक लगाइने छैन । तर जिल्ला भित्र गुड्ने सवै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका उद्योग धन्धा तथा कलकारखानाहरु सञ्चालनमा पूर्ण रोक लगाइएको छ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमक रोग ऐन २०२० को दफा २ (१०) बमोजिम जिल्लामा हुने सवै गतिविधि, ओहोरदोहोर र क्रियाकलापलाई पूर्ण रोक लगाइएको छ । जिल्लाबासीलाई खाद्यान्न र तरकारी किन्न विहान ७ बजे देखि ९ बजेसम्म खुला गरिएको छ । जिल्लामा हाल १५ जनामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरु सवै भारतको महाराष्ट्रबाट नेपाल प्रवेश गरेका नागरिक हुन्।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
