जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबार मात्र २४ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबारमात्र कपिलवस्तुमा १६, रुपन्देहीमा ६, बर्दियामा १, सप्तरीमा १ जना गरी २४ जना नयाँ कोभिड १९ संक्रमित पुष्टी भएको हो ।
हाल उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ३३ जना कोभिड १९ निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये काठमाण्डौका एक र पर्साका दुई जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरिअस्पतालमा भर्ना गरिएको छ ।मन्त्रालयका अनुसार, हालसम्म पीसीआर विधिबाट नेपालमा १७ हजार ८०९ जनाको मात्र परीक्षण भएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
