जनस्वास्थ्य सरोकार, काठमाडौं । आधुनिक नर्सिङ्ग आन्दोलनकी जन्मदाता, दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवका अवसर पारेर हरेक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिएको छ । फ्लोरेन्स नाइटिङ्गेलबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा लाग्ने र जाग्ने प्रेरणा प्राप्त भएको मानिन्छ ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्म १२ मे १८२० मा भएको थियो उहाँलाई आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता मानिन्छ । दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई ‘द लेडी विद द ल्याम्प’ अर्थात ‘बत्ती लिएकी केटी’ भनेर पनि चिनिन्छ ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो । तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले बिरामीको सेवा गर्ने बाटो छान्नुभयो । परिवारभित्र विरोध हुँदाहुँदै पनि १८४५ देखि उहाँले अभावग्रस्त मानिसहरूको सेवा शुरु गर्नुभयो । डिसेम्बर १८४४ मा उहाँले चिकित्सा सेवा सुधार्ने कार्यक्रम ल्याउनुभयो ।फ्लोरेन्सले क्रिमिया युद्धमा सबैभन्दा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । अक्टोबर १८५४ मा उहाँले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाउनुभएको थियो । यसै समयको सेवाका कारण बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिबाट उहाँलाई सम्मानित गरिएको थियो । पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो । त्यसमा पनि उच्च घरानिया मानिसले नर्सिङको काम गर्न त बर्जित अर्थात जात जाने किसिमको काम ठानिन्थ्यो ।
फ्लोरेन्सले त्यसबेलाको पुरातनवादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात् गर्नुभएको थियो । उहाँ आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्नुहुन्थ्यो । उहाँले तिनलाई दिएको स्पर्श तथा ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो । बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि पनि रातको अँध्यारोमा फ्लोरेन्स सेवामा जुटिरहनुहुन्थ्यो । रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उहाँलाई लेडी विथ द लेम्प बाट सम्मान गरिएको हो ।युद्धका घाइतेको सेवा गर्दागर्दै उहाँलाई गम्भीर संक्रमणले समात्थ्यो । तर उहाँ कहिले पनि विचलित हुनुभएन । सन् १८५९ मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गर्नुभयो । यसैबेला उहाँले नोट्स अन नर्सिङ पुस्तक लेख्नुभयो । जीवनको बाँकी समय उहाँले नर्सिङको कार्य बढाउने र यसलाई आधुनिक रूप दिनमा व्यतित गर्नुभयो । सन् १८६९मा उहाँलाई महारानी भिक्टोरियाले रोयल रेडक्रस सम्मानबाट सम्मानित गर्नुभएको थियो । ९० वर्षको उमेरमा १३ अगस्ट १९१० मा फ्लोरेन्सको निधन भएको थियो ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवका अवसरमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा स्वास्थ्य सेवाको निरन्तरतामा रहेका नर्सहरूको महत्वलाई प्रकाश पार्दै बिरामीको सेवामा पुर्याएको महत्वपूर्ण योगदानप्रति धन्यवाद दिएको छ ।२०० औं अन्तर्राष्ट्रिय नर्स दिवस २०२० मा ‘विश्व स्वास्थ्यका लागि नर्सिङ्ग’ भन्ने विश्वव्यापी नारा छ । ऐतिहासिक रूपमा आज नर्सहरू महामारी र महामारीको बिरूद्ध अग्रणी छन् । उनीहरुले बिरामीहरुको सम्मानजनक उपचार र हेरचाह प्रदान गर्दै आएका छन् । उनीहरु बिरामीको हेरचाह गर्ने पहिलो हेल्थ प्रोफेसनल हुन । उनीहरुको बिरामीको प्रारम्भिक मूल्यांकन, हेरचाह र उपचार महत्वपूर्ण भूमिका रहन्छ ।
विश्वका सबै स्वास्थ्यकर्मीहरूको तुलनामा आधा भन्दा बढी नर्सहरूको जिम्मेवारी हुन्छ । विश्व्यापी रुपमा नर्सहरुको अहिले पनि अभाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विशेषगरी कम र मध्यम आय भएका देशहरुमा अहिले पनि ५.९ मिलियन नर्सहरुको आवश्यकता छ ।कोविड १९ महामारीमा नर्सहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । डब्लुएचओले भनेको छ —‘नर्स र अन्य स्वास्थ्यकर्मीहरूबिना, हामी प्रकोप विरुद्धको लडाई जित्न सक्दैनौं र दिगो विकास लक्ष्यहरू र वल्डलाइड हेल्थ कभरेज हाँसिल गर्न सक्दैनौं ।’
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

