जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा एकै दिन सबैभन्दा ५७ जनामा कोभिड १९ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या १९१ पुगेको छ । जसमम्ये १५८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा पर्सा जिल्लाका ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ र बारा जिल्लाका १ जना पुरुष रहेका छन् ।नेपालको प्राय सिमावर्ती क्षेत्रका जिल्लाहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको छ । भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका व्यक्तिहरुमा कोभिड १९ पहिचान भइरहेको छ । स्वीस र चीन सरकारले पिसिआर विधिबाट परीक्षण गरिने किट नेपाललाई सहयोग उपलब्ध गराएसँगै परीक्षण लेबल बढेको र कोरोना संक्रमित पहिचान भएको छ । हालसम्म नेपालमा १८ हजार ९६४ जनाको नमुना परीक्षण पिसिआर प्रविधिबाट भएको छ । संभावित संक्रमित व्यक्तिहरुको संख्या २२८ आइसोलेसनमा रहेको छ ।
कोभिड १९ संक्रमित कुन जिल्लामा कति ? जिल्ला संक्रमित संख्या पर्सा ६४ उदयपुर ३२ कपिलवस्तु २९ बाँके २४ रूपन्देही १६ कैलाली ४ काठमाण्डौं ३ रौतहट ३ बारा ३ बाग्लुङ २ चितवन २ झापा २ बर्दिया १ भोजपुर १ कञ्चनपुर १ सप्तरी १ धनुषा १ धादिङ १ सर्लाही १
स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हालसम्म ३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । तर निको भएका भनिएका तीन जनाको शरीरमा कोरोनाभाइरस पुनः देखिएपछि फेरि अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
