जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा मंगलबार मात्र ८३ जनामा कोभिड १९ कोरोना संक्रमित पुष्टि भएको छ ।
मंगलबार राति १० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित पुष्टि हुनेहरुमा पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिला, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुष, महोत्तरीका १६ र २५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षी पुरुष, काठमाडौंका ३३ वर्षीया महिला, सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन् । सोही दिन अपरान्ह मन्त्रालयले ५७ जनामा कोभिड १९ कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको थियो । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २१७ पुगेको छ । जसमम्ये १७५ जना पुरुष र ४२ जना महिला रहेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । नेपालको प्राय सिमावर्ती क्षेत्रका जिल्लाहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको छ । भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका व्यक्तिहरुमा कोभिड १९ पहिचान भइरहेको छ । स्वीस र चीन सरकारले पिसिआर विधिबाट परीक्षण गरिने किट नेपाललाई सहयोग उपलब्ध गराएसँगै परीक्षण लेबल बढेको र कोरोना संक्रमित पहिचान भएको छ । हालसम्म नेपालमा १८ हजार ९६४ जनाको नमुना परीक्षण पिसिआर प्रविधिबाट भएको छ । संभावित संक्रमित व्यक्तिहरुको संख्या २२८ आइसोलेसनमा रहेको छ ।
हालसम्म ३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।तर निको भएका भनिएका तीन जनाको शरीरमा कोरोनाभाइरस पुनः देखिएपछि फेरि अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

