जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरमा कोभिड १९ संक्रमण कोभिड १९ संक्रमण देखिएका एक पुरुष र एक महिलामध्ये पुरुष सशस्त्र प्रहरी र महिला स्टाफ नर्स रहेको जानकारी आएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा साथीसँग बस्ने २५ वर्षकी महिला स्टाफ नर्स भक्तपुरको एक निजी अस्पतालमा काम गर्थिन् । उनी सुनसरीको झुम्काबाट दुई दिनअघि मात्र भक्तपुर आएकी थिइन् । उनको सुनसरीको रामधुनी नगरपालिका स्थायी घर हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार, स्टाफ नर्स आफैं कोभिड १९ परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेकी थिइन् । पिसिआर परीक्षणमा कोभिड १९ रिपोर्ट पोजेटि देखिएको थियो ।यसैगरी २७ वर्षका संक्रमित पुरुष शसस्त्र प्रहरी भत्तफुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ । तर भक्तपुर जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरले उनको विवरण सार्वजनिक गरेको छैन । उनको स्थायी घर रामेछाप हो । उनी दुवाकोटमा आफूले बनाएको घरबाट नै कार्यालय जाने गर्दथे । उनको स्वाव परीक्षणका लागि सशस्त्र प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले संक्रमित देखिएको ठाउँमा सिल गरिएको र उनीहरुको सम्पर्कमा भएका व्यक्तिहरुको पहिचान भइरहेको छ । दुवैको अुनसन्धान भइरहेको छ । हाल उनीहरु शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा रहेका छन् ।नेपालमा मंगलबार मात्र ८३ जनामा कोभिड १९ कोरोना संक्रमित पुष्टि भएको थियो । मंगलबार राति १० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित पुष्टि हुनेहरुमा पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिला, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुष, महोत्तरीका १६ र २५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षी पुरुष, काठमाडौंका ३३ वर्षीया महिला, सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन् । सोही दिन अपरान्ह मन्त्रालयले ५७ जनामा कोभिड १९ कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको थियो । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २१७ पुगेको छ । जसमम्ये १७५ जना पुरुष र ४२ जना महिला रहेका छन् ।
नेपालको प्राय सिमावर्ती क्षेत्रका जिल्लाहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको छ । भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका व्यक्तिहरुमा कोभिड १९ पहिचान भइरहेको छ । स्वीस र चीन सरकारले पिसिआर विधिबाट परीक्षण गरिने किट नेपाललाई सहयोग उपलब्ध गराएसँगै परीक्षण लेबल बढेको र कोरोना संक्रमित पहिचान भएको छ । हालसम्म नेपालमा १८ हजार ९६४ जनाको नमुना परीक्षण पिसिआर प्रविधिबाट भएको छ । संभावित संक्रमित व्यक्तिहरुको संख्या २२८ आइसोलेसनमा रहेको छ ।हालसम्म ३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । तर निको भएका भनिएका तीन जनाको शरीरमा कोरोनाभाइरस पुनः देखिएपछि फेरि अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

