जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि दिउँसो २ जनामा संक्रमित पुष्टि भएको थियो । साँझ कोरोना पुष्टि भएकाहरुमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् । यसका साथै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएका नमुना परीक्षणमा संक्रमित पहिचान भएको हो । हाल संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
