जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, भरतपुर अस्पताल कोभिङ—१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै मुलुकमा कोरोना संक्रमित २४६ पुगेको हो । हाल उनको स्वास्थ्यवस्था सामान्य रहेको जनाइएको छ ।
यस अगाडि बिहीबार बिहान पनि २ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकालाई संक्रमण देखिएको हो । घाँटी दुख्ने समस्याले सताएपछि त्रिवि शिक्षण अस्पतालमा न्युरो वार्डमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको हो । बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको थियो । बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ ।
यसरी त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा न्युरो वार्डमा उपचाररत ६ वर्षीया बालिकालाई कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।ति बालिकालाई उपचारका लागि कपिलवस्तुबाट ६ दिन अगाडि काठमाडौं ल्याइएको थियो । न्यूरो वार्डमा रहेका ५ जना अन्य बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ । अस्पतालका कोभिड—१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासका अनुसार, उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अस्पतालले हाल इमर्जेन्सीबाहेक सर्जरी नगर्न र सर्जरी गर्दा पीपीई लगाएर मात्र गर्न आग्रह गरेको छ । बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
