जनस्वास्थ्य सरोकार, काठमाडौं । हालसम्म मुलुकमा २७२ जनाको ‘आइसालेसन’ मा राखेर उपचार भइरहेको छ । आइसोलेसनमा संक्रमित व्यक्ति र सम्भावित संक्रमित व्यक्तिहरु चिकित्सकीय निगरानीमा राख्ने गरिन्छ । यसमध्ये काठमाडौं उपत्यकामा ६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
मुलुकमा पिसिआर र आरडिटी दुवै विधिबाट परीक्षण भइरहेको छ । हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण संख्या २२ हजार ६६४ पुगेको छ । पिसिआर परीक्षण शुरु गरेको माघ १४ गतेबाट हो ।आरडिटी विधिबाट हालसम्म ६२ हजार ३२७ नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट परीक्षण शुरु गरिएको चैत्र १९ गतेदेखि हो । बिहीबारसम्म मुलुकभर १५ हजार ६०० क्वारेन्टाइनमा रहेका छन् । आज प्रदेशन नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ मार्गहरुबाट १४ हजार ७ सय थान आरडिटी, ७ हजार थान भिटिएम र पिपिइका स्वास्थ्य सामाग्रीहरु पठाइएको छ । यसले परीक्षणका दायरा बढ्ने र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामाग्रीहरु उपलब्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । विभिन्न २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको छ । ति जिल्लाहरु प्रदेश नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका जिल्लाहरु रहेका छन् । आज काठमाडौं महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने विभिन्न फलफूल र तरकारीका समितिहरुका हाताहरु, विभिन्न व्यवसायीहरु, ढुवासीसँग सम्बन्धि व्यक्ति, सरसफाई गर्ने व्यक्तिहरुलाई केद्रित गरी ३०० बढीको पिसिआर र ७ सय बढीको आरडिटी गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सम्बन्धित महाशाखा र नेपाली सेनाका स्वास्थ्यकर्मीहरुसहितको टोलीहरु सो स्थानमा परिचालन भएको छ ।
बिहीबार ३ जनामा काठमाडौ.का ३२ वर्षीय पुरुष, कपिलवस्तुका ६ वर्षीया महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीका ४९ वर्षीय पुरुषको भरतपुर अस्पतालको प्रयोगशालामा कोभिड १९ पोजेटिभ देखिएपश्चात् कुल संक्रमितको संख्या २४६ पुगेको छ । जसमध्ये १९८ जना पुरुष र ४८ जना महिला रहेका हुन्छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।संक्रमितहरु २० वर्षदेखि ५० वर्ष उमेर समूहका बढी रहेका छन् । नेपालका ७७ मध्ये २२ जिल्लामा सङ्क्रमित भेटिएको बताउँदै मन्त्रालयले सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

