जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाललमा बिहीबार ६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या २४९ पुगेको छ । जसमध्ये १९९ जना पुरुष र ५० जना महिला रहेका छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।
बिहीबार कोभिड १९ संक्रमण पुष्टि भएकाहरुमा काठमाडौं दहचोकका ७ वर्षीय बालक र काठमाडौ चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष, जनकपुरकी १७ वर्षीया किशोरी, धादिङकी ३० वर्षीया महिला, नवलपरासीका ४९ वर्षीय पुरुष र कपिलवस्तुका ६ वर्षीया बालिकामा कोभिड १९ पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मुलुकमा पिसिआर र आरडिटी दुवै विधिबाट परीक्षण भइरहेको छ । बिहीबारसम्म पिसिआर विधिबाट गरिएको परीक्षण संख्या २२ हजार ६६४ पुगेको छ । पिसिआर परीक्षण शुरु गरेको माघ १४ गतेबाट हो । आरडिटी विधिबाट हालसम्म ६२ हजार ३२७ नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट परीक्षण शुरु गरिएको चैत्र १९ गतेदेखि हो । बिहीबारसम्म मुलुकभर १५ हजार ६०० क्वारेन्टाइनमा रहेका छन् । आज प्रदेशन नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ मार्गहरुबाट १४ हजार ७ सय थान आरडिटी, ७ हजार थान भिटिएम र पिपिइका स्वास्थ्य सामाग्रीहरु पठाइएको छ । यसले परीक्षणका दायरा बढ्ने र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामाग्रीहरु उपलब्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । विभिन्न २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको छ । ति जिल्लाहरु प्रदेश नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका जिल्लाहरु रहेका छन् ।
आज काठमाडौं महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने विभिन्न फलफूल र तरकारीका समितिहरुका हाताहरु, विभिन्न व्यवसायीहरु, ढुवासीसँग सम्बन्धि व्यक्ति, सरसफाई गर्ने व्यक्तिहरुलाई केद्रित गरी ३०० बढीको पिसिआर र ७ सय बढीको आरडिटी गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सम्बन्धित महाशाखा र नेपाली सेनाका स्वास्थ्यकर्मीहरुसहितको टोलीहरु सो स्थानमा परिचालन भएको छ ।संक्रमितहरु २० वर्षदेखि ५० वर्ष उमेर समूहका बढी रहेका छन् । नेपालका ७७ मध्ये २२ जिल्लामा सङ्क्रमित भेटिएको बताउँदै मन्त्रालयले सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
