जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रबार बिहान ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र नेपालगञ्जको भेरि अस्पतालमा गरिएको परीक्षणमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर निवासी १८, २०, २२, २५, २५,२७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको र हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभएको छ ।
यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या २५८ पुगेको छ । जसमध्ये २०८ जना पुरुष र ५० जना महिला रहेका छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।हाल मुलुकमा पिसिआर विधिबाट २२ हजार ६६४ र आरडिटी विधिबाट हालसम्म ६२ हजार ३२७ नमुना परीक्षण भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
