जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपालमा अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना संकलन गरी कोभिड १९ परीक्षण गरिएको छ ।
पिसिआर विधिबाट गरिएको परीक्षणबाट अहिलेसम्म २५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यसमध्ये २१० जना पुरुष र ४८ जना महिला संक्रमित भेटिएको छ । आज विराटनगरस्थित कोसी अस्पतालबाट उदयपुरका २५ वर्षीय पुरुष डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३६ पुगेको छ । उनी अस्पताल भर्ना भएको २७ औं दिनमा डिस्चार्ज भएका छन् ।
कतिपय आरडिटीमा पोजेटिभ देखिएकाहरुलाई पिसिआर विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमण पुष्टि भएका छन् । हालसम्म आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ ।
हाल मुलुकभर कोभिड १९ संक्रमित र सम्भावित २६७ जना व्यक्तिहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यसमध्ये २७ जना काठमाडौं उपत्यकामा रहेका छन् ।कुन प्रदेशमा कति संक्रमित ? हालसम्म २४ जिल्लामा कोभिड १९ संक्रमण फेला परेको छ । हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा १ सय, बागमती प्रदेशमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १०२ सुदूरपचिम प्रदेशमा ५ जना कोभिड १९ संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार ९ जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणमा कोरोना संक्रमित पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षणमा आज मात्र ९ जना संक्रमित पुष्टि भएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
