जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार, महोत्तरीका ५२ वर्षीय एक पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय एक जना पुरुष गरी थप दुई जनामा कोभिड—१९ पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड—१९ कोरोना भाइरस संक्रमितहरुको संख्या २७८ पुगेको छ । यसमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन् । अहिलेसम्म ३६ जना डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबार नै कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक—एक जनामा कोभिड १९ संक्रमण देखिएको थियो ।
मुलुकमा कोभिड १९ पहिचानका लागि पिसिआर विधिबाट सम्भावित व्यक्तिहरुलाई गरिएको परीक्षणको संख्या हालसम्म २६ हजार ६ सय ९१ पुगेको छ । त्यसैगरी आरडिटी विधिबाट गरिएको परीक्षण संख्या ६५ हजार ७४९ पुगेको छ । २४ घण्टामा पिसिआर २ हजार ५७९ र आरडिटी २ हजार ६६४ परीक्षण भएका छन् ।संक्रमित र सम्भावित संक्रमितहरु आइसोलेसनमा रहेका संख्या ३२० रहेको छ । उनीहरुमध्ये उपत्यकाभित्र ३२ जना रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
